‘ब्ल्याक सी’ मा खसेको अमेरिकी ड्रोनको अवशेष रुसले खोज्नेछ, अमेरिकाले के भन्यो ?
मङ्गलवार ब्ल्याक सीको हवाई क्षेत्रमा अमेरिकी ड्रोन खसेपछि रुसले बुधवार यस ड्रोनको अवशेष हटाउने प्रयास गर्ने जनाएको छ ।
रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले आफ्नो देशले डुबेको ड्रोन खोज्ने प्रयास गरिरहेको सरकारी च्यानल रोसिया– १ टिभीमा पुष्टि गरेका छन् ।
उनले भने, ‘मलाई थाहा छैन हामी यसलाई फेला पार्न सक्षम हुन्छौँ वा हुँदैनौँ तर यसको कोसिस भने गरिनेछ ।’
यद्यपि, अमेरिकी संयुक्त चिफ अफ स्टाफका प्रमुख जनरल मार्क मिलेका अनुसार यो ड्रोनलाई पुनः प्राप्त गर्न निकै कठिन हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जनरल मिलीले भने, ‘यो सायद धेरै गहिरोमा डुबेको छ, त्यसैले प्राविधिक रूपमा कुनै पनि रिकभरी अपरेसन चलाउन धेरै गाह्रो हुनेछ ।’
अमेरिकाका अनुसार रुसी जेटले ड्रोनको प्रोपेलर काटिदिँदा क्षतिग्रस्त ड्रोन ‘उड्न लायक’ रहेन ।
जनरल मिलीले रुसले यो ड्रोन बरामद गरेमा अमेरिकाको संवेदनशील गुप्तचर सूचनालाई कुनै हानी नहुने बताएका छन् । उनले भनेका छन्, ‘अमेरिकाले यस प्रकारको जानकारी सुरक्षित गर्न आवश्यक कदम चालेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण