कलाकार संघको अध्यक्षका उम्मेदवार मोहन निरौलाले सार्वजनिक गरे प्यानल र एजेन्डा
काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदका उम्मेदवार मोहन निरौलाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले थुप्रै एजेण्डासहित प्यानल सार्वजनिक गरेका हुन् ।
निरौलाको प्यानलमा उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल, महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।
निरौला प्यानलमा सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा रहेका छन् ।
कार्यक्रममा चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, अभिनेता शिव श्रेष्ठ, प्रथम अभिनेत्री भुवन चन्द, चैत्रदेवी, हास्य अभिनेत्री बसुन्धरा भुषाल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रदेश सांसद मधुकुमार श्रेष्ठ, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायत थुप्रै व्यक्तिले निरौलालाई जितका लागि शुभकामना दिए ।
कस्तो छ एजेन्डा ?
कार्यक्रममा निरौलाले थुप्रै एजेन्डा समेत सार्वजनिक गरेका छन् । जसमा संगठन र पेशाको गरिमा बढाउनका लागि अग्रजको निर्देशन र क्रियाशिल कलाकारहरुको समन्वयात्मक सल्लाह अनुरूप कार्य सम्पादन गरिने, कलाकारहरुलाई आफ्नो पेशाप्रति इमान्दार र नैतिकवान् बनाउन पहल गर्ने, चलचित्र कलाकार संघलाई चलचित्र क्षेत्रकै संस्थाहरु मध्ये हरेक कोणबाट उत्कृष्ट संस्था बनाउन पहल गर्ने, कलाकारहरुलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउने, संघले प्रदान गर्ने पुरस्कार तथा सम्मानलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन, हाम्रालाई होइन राम्रालाई पुरस्कृत र सम्मानित गर्न, कलाकारको वृत्तिविकास र भविष्य सुनिश्चितताको बाटोमा कटिबद्ध भई काम गने, सामाजिक प्रतिष्ठा अभिवृद्धि गराउनुका साथै अभिनयका प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, चलचित्र क्षेत्रका अन्य सरोकारवाला संघसंस्था, चलचित्र विकास बोर्ड लगायत सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी पेशागत सुरक्षा र हकहितका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै जान, चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड जस्ता सरकारी निकायमा कलाकारहरुको उपस्थिति बढाउने लगायत रहेका छन् ।
निरौला वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । अध्यक्ष पदकी अर्की उम्मेदवार रेजिना उप्रेतीले बुधबार प्यानल घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण