विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बिहीबार, ०२ चैत २०७९, १५ : ५५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।
बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् ।
उनले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण