सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘महानगरले मौखिक रुपमा दरबारमार्गको पार्किङको विकल्प दिएर हुँदैन’

शुक्रबार, ०३ चैत २०७९, १४ : ३९
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताएका छन् । 
पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल, अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताए ।  उनले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको बताए । उनले बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने बताए । 

उनले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको दाबी गरे ।  कक्षपतीले दरबारमार्गको पार्किङको विकल्पहरु निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताए । 
संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको उनको भनाइ छ ।  

‘काठमाडौं महानगरपालिका मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो भएको छैन’, उनले भने, ‘दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई  र अर्कोतर्फ ३ लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको हो । पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन । तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरुले बुझ्न सकेका छैनौं ।’
पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको दाबी गर्दै उनले यसले सरकारको राजश्वमा समेत प्रभाव परेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप