‘महानगरले मौखिक रुपमा दरबारमार्गको पार्किङको विकल्प दिएर हुँदैन’
काठमाडौँ । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताएका छन् ।
पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल, अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताए । उनले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको बताए । उनले बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने बताए ।
उनले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको दाबी गरे । कक्षपतीले दरबारमार्गको पार्किङको विकल्पहरु निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताए ।
संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको उनको भनाइ छ ।
‘काठमाडौं महानगरपालिका मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो भएको छैन’, उनले भने, ‘दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई र अर्कोतर्फ ३ लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको हो । पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन । तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरुले बुझ्न सकेका छैनौं ।’
पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको दाबी गर्दै उनले यसले सरकारको राजश्वमा समेत प्रभाव परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण