बालाजु घटना : डीएसपी रविन विष्टको बढुवा ३ वर्ष रोक्ने निर्णय

काठमाडौँ । बालाजु घटनामा कमजोरी गरेको आरोपमा उपत्यका प्रहरी कार्यालयले डीएसपी रविन विष्टको बढुवा ३ वर्ष रोक्ने निर्णय गरेको छ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरु बिचमा भएको झडपमा डिएसपी विष्ट र सोह्रखुट्टेका डीएसपी गणेश बहादुर बमले कमजोरी गरेको छानबिन समितिको ठहर छ ।
घटना हुँदा रविन विष्ट प्रहरी वृत्त बालाजुको प्रमुख थिए । महानगरीय प्रहरी कार्यालयले घटनापछि उनलाई बालाजु वृत्तबाट हटाइएको थियो ।
प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । डिआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिको सिफारिस अनुसार उपत्यका प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।
फागुन १ मा भएको प्रदर्शनमा माछापोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुईजना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रदर्शनमा आन्दोलनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रुपमा बालाजुमा खटिएका थिए ।
डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।
प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको सम्मान बिना आर्थिक विकास असम्भव : ढकाल
-
एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि
-
खेलकुद परिसरको पौडीपोखरी सर्वसाधारणका लागि खुला
-
पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरूको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
-
मिलनको ‘हेरेको तिमीलाई’ मा सिम्पल र कुन्साङको अभिनय
-
रास्वपा कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा