बालाजु घटना : डीएसपी रविन विष्टको बढुवा ३ वर्ष रोक्ने निर्णय
काठमाडौँ । बालाजु घटनामा कमजोरी गरेको आरोपमा उपत्यका प्रहरी कार्यालयले डीएसपी रविन विष्टको बढुवा ३ वर्ष रोक्ने निर्णय गरेको छ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरु बिचमा भएको झडपमा डिएसपी विष्ट र सोह्रखुट्टेका डीएसपी गणेश बहादुर बमले कमजोरी गरेको छानबिन समितिको ठहर छ ।
घटना हुँदा रविन विष्ट प्रहरी वृत्त बालाजुको प्रमुख थिए । महानगरीय प्रहरी कार्यालयले घटनापछि उनलाई बालाजु वृत्तबाट हटाइएको थियो ।
प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । डिआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिको सिफारिस अनुसार उपत्यका प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।
फागुन १ मा भएको प्रदर्शनमा माछापोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुईजना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रदर्शनमा आन्दोलनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रुपमा बालाजुमा खटिएका थिए ।
डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।
प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण