दोलखाका युवालाई निःशुल्क रोजगारमूलक तालिम
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा युवाहरूलाई निःशुल्क रोजगारमूलक तालिम दिइएको छ। जिल्ला युवा समिति दोलखाको आयोजना तथा युवा परिषद् बागमती प्रदेशको सहयोगमा बेरोजगार न्यूनीकरण गर्ने उद्देश्यले युवालाई निःशुल्क वारिष्टा (कफी मेकर) र होमस्टे तालिम दिन सुरु गरिएको हो ।
तालिम ३९० घण्टा अर्थात् ३ महिना सम्म दिइने जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए । उक्त तालिममा होमस्टे तर्फ २५ जना र वारिष्टा तर्फ २५ जना गरी ५० जना युवाहरू सहभागिता छन् । तालिमको उद्घाटन पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै खड्काले आफ्नो लक्ष्य तर्फ युवाहरू सक्रिय हुन आवश्यक रहेको बताउँदै सीप र क्षमतायुक्त व्यक्तिले मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिन सक्ने बताउँदै सृजनशील भएर सीप सिक्न सहभागीहरूलाई आग्रह गरे । तालिम उपलब्धिमूलक हुनु पर्ने उल्लेख गर्दै पूर्व मन्त्री खड्काले तालिमको लगानी, बालुवा पानी भन्ने अवस्था आउन दिन नहुने बताए ।
तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुल बहादुर बुढाथोकी, अधिवक्ता कृतिनाथ शर्मा लगायतको उपस्थिति थियो।
सहभागी टिमलाई शक्ति थापाले होमस्टे र निशा तामाङले वारिष्टा सम्बन्धी प्रशिक्षण दिइरहेका छन्। तालिममा सहभागी भइ मेहनत गरेर उत्कृष्ट हुने र व्यवसाय गर्छु भन्ने जाँगरिला युवालाई प्रदेश युवा समितिले अनुदान स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिने जिल्ला युवा समितिका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए। सीपमूलक तालिमले युवाहरूको बढ्दो बेरोजगारी न्यूनीकरणमा टेवा पुर्याउने अपेक्षा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण