पाकिस्तानी पूर्वप्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै
शनिबार, ०४ चैत २०७९, १० : २८
पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्।
तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानत वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ।
उपहार पाएको सामग्री गैर कानुनी रूपमा बिक्री गरेको तथा महिला न्यायधीश माथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उनीमाथि छ ।
त साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरूले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण