कलाकार संघको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । चलचित्र कलाकार संघको नवनिर्मित भवन उद्घाटन भएको छ । शनिबार आयोजित संघको १९ औं अधिवेशनको उद्घाटन सत्रमा भर्चुअल रुपमा भवन उद्घाटन गरिएको हो । प्रदेश सांसद मधुकुमार श्रेष्ठ, रोज राणा, वरिष्ठ चलचित्रकर्मी नीर शाह, निर्माता संघका अध्यक्ष नवल खड्का, संगीतकार संघका अध्यक्ष तथा प्राज्ञ चेतन सापकोटा, अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, नायिका चैत्रदेवी, निर्देशक नारायण पुरी, नेपाल सांस्कृतिक संघका महामन्त्री शिवशंंकर रिजाल जोगिन्दर, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले सामूहिक रुपमा भवनको भिडियोको स्वीच अन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले कलाकारको बल एकमा भन्दा एकतामा रहने बताए । उनले नेपाली कलाकारमा सामूहिक संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गरे । उनले कलाकारलाई फुटेर भन्दापनि जुटेर जानुपर्ने धारणा राखे । उनले संघको अबको नेतृत्व सक्षम ब्यक्ति छान्न सबैलाई अनुरोध गरे । नेपाल सांस्कृतिक संघमा महामन्त्री शिवशंकर रिजालले फिल्मको माध्यमबाट नेपाली कलाकार अन्तराष्ट्रिय क्षेत्रमा समेत पुग्न सफल भएको बताए । उनले फिल्ममा मात्र होइन, व्यक्तिगत जीवनमा पनि कलाकारले आफुलाई अन्तर्राष्ट्रिय कलाकारको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।
सांसद मधुकुमार श्रेष्ठ, रोज राणा, निर्माता संघका अध्यक्ष नवल खड्का, संगीतकार संघका अध्यक्ष तथा प्राज्ञ चेतन सापकोटा, अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, पहिलो रंगिन चलचित्रकी नायिका चैत्रदेवी, चलचित्र विकास बोडका पुर्व अध्यक्ष राजकुमार राई, दयाराम दाहाल, कलाकार रमेश बुढाथोकी लगायत शुभ–कामना मन्तव्य राखेका थिए । कलाकार संघको नव–निर्मित भवन चन्दागिरी वडा नं .१३ थानेटारमा रहेको छ । करिब डेढ करोड बढी लागतमा बनेको भवन साढे तीन तलाको रहेको छ । मिटिङ हल, सभा कक्षा, भुइँतलामा पसलका लागि २ सटर लगायत गरेर भवनमा ९ कोटा रहेका छन् । भवन रविन्द्र खड्का अध्यक्ष रहेको वर्तमान कार्य समितिले तयार पारेको हो । भवन निर्माणमा करिब ६० लाख ऋण समेत लागेको अध्यक्ष रविन्द्र खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त
-
राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा