अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताएका हुन् ।
तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिवार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए । आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।
अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ ,। रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।’ ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुन चलायमान हुने अध्यक्ष मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा
-
बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै
-
फिलिपिन्सको पानी जहाजमा आगो लाग्दा १२ जनाको मृत्यु