आरआर क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतको निजी निवासमै गएर धम्क्याएकोप्रति चौतर्फी विरोध
काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतको घरमै गएर धम्क्याएको प्रति चौतर्फी विरोध जनाइएको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले क्याम्पस प्रमुख र स्ववियु निर्वाचन अधिकृतको नीजि निवासमा गएर धम्क्याएको थियो। त्यसको विरोधमा त्रिवि प्राध्यापक संघ रत्न राज्यलक्ष्मी क्याम्पस ईकाई कमिटीले विरोध गरेको छ।
क्याम्पसका पदाधिकारीहरूको नीजि निवास पनि असुरक्षित हुन पुगेको ईकाइ कमिटीले जनाएको छ। वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न र सहज रूपमा स्ववियु निर्वाचन गराउन सबै पक्षमा अनुरोध गरिएको छ ।
त्यस्तै त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले समेत उक्त कार्यको विरोध गरेको छ। समितिका सदस्य सचिव पशुपति अधिकारीले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको नीजि निवासमा पुगेर ढुंगामुढा प्रहार हुनुका साथै धाक धम्की दिने काम भएको बताए।
मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताका विषयलाई समेत उपहास हुने गरि भएको घटनाप्रति समितिले ध्यानाकर्षण भएको जनाएको छ। सम्बद्ध सबै सरोकारवाला पक्ष बसेर छलफलको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिएको छ।
गएराती क्याम्पस प्रमुख जिवन्धर ज्ञवाली र निर्वाचन अधिकृत बिनोद कार्की मन्जनको घरमा ढुंगामुढा प्रहार गर्नुका साथै धम्की समेत दिइएको थियो। पछि प्रहरी आएपछि उनीहरू भागेका थिए।
क्याम्पसको शान्तिपूर्ण वातावरणमा हुनुपर्ने निर्वाचन बिथोल्ने, क्याम्पसमा खुकुरी लिएर जाने, जस्ता कृयाकलाप अनेरास्ववियूले गर्दै आएको आरोप लागिरहेको छ। जसले गर्दा क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ।
अनेरास्ववियूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै ताला लगाएको छ । उक्त कार्यमा अखिल क्रान्तिकारी र नेविसंघले समेत समर्थन गरेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण