सोलुखुम्बुमा भिरबाट लडेर युवकको ज्यान गयो
शनिबार, ०४ चैत्र २०७९, २१ : ४९

सोलुखुम्बु । भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए ।
मृतक मानसिकरूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतको दाबी छ । कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ–१ मा मेरो जित सुनिश्चित : नेता भट्टराई
-
निजी क्षेत्रको सम्मान बिना आर्थिक विकास असम्भव : ढकाल
-
एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि
-
खेलकुद परिसरको पौडीपोखरी सर्वसाधारणका लागि खुला
-
पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरूको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
-
मिलनको ‘हेरेको तिमीलाई’ मा सिम्पल र कुन्साङको अभिनय