कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
आइतबार, ०५ चैत २०७९, १० : १९
धनगढी । कैलालीको ९ वटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको हो ।
यहाँको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । त्यसलगत्तै मत गणना हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, जिल्लाको टीकापुर बहुमुखी क्याम्पसमा भोलि निर्वाचन हुने र फूलबारी बहमुखी क्याम्पसको निर्वाचन अझै अनिश्चित रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनाए ।
_Z4XgcmhZwx.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण