कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
आइतबार, ०५ चैत २०७९, १० : १९
_bDKwos0KVQ.png)
धनगढी । कैलालीको ९ वटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको हो ।
यहाँको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । त्यसलगत्तै मत गणना हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, जिल्लाको टीकापुर बहुमुखी क्याम्पसमा भोलि निर्वाचन हुने र फूलबारी बहमुखी क्याम्पसको निर्वाचन अझै अनिश्चित रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव