बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित

आइतबार, ०५ चैत २०७९, ११ : ३१
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ नाम दर्ता  परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले शनिवार लिएको पी.सी.एल. नर्सिङ र बी.एस्सी. नर्सिङको नाम दर्ता परीक्षाको आइतबार सार्वजनिक गरेको हो । 

परिषद्का अनुसार  पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए । जसमा २६ दशमलव १ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै, बि.एस्सी नर्सिङ तर्फ ३७७ जना सहभागी भएका थिए । जसमध्ये ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप