बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले तुरुन्त लिएर बनाउनुपर्‍यो’ : रघुजी पन्त

आइतबार, ०५ चैत २०७९, १३ : ३४
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएके रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ।’

उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए । 

उनले भने– ‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन  ।  त्यसैले क्रिकेटमा हाम्रो संभावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्कमा

फुटबलमा हाम्रो संभावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप