‘नांगो गाउँ’को सकियो वर्कसप, १० गतेबाट फ्लोरमा
काठमाडौँ । हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशन रहने फिल्म ‘नांगो गाउँ’ को वर्कशप सकिएको छ । निर्माण युनिटले निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग रुपमा १५ दिने वर्कशप गरेको निर्देशक लामाले बताए । अन्तिममा भने कलाकारको टिमसँग वर्कशप गरिएको थियो ।
कलाकारको वर्कशपमा अभिनेता दयाहाङ राई, कर्म, अभिनेत्री मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए । कलाकारहरुलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकार बिचको वर्कसपले फिल्म छायांकनमा सजिलो हुने निर्माण पक्षको धारणा रहेको छ ।
कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदै छ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायतका विषयमा वर्कसपमा विश्लेषण गरिएको निर्देशक लामाको भनाई रहेको छ ।
वर्कशपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने अभिनेता दयाहाङ राइले बताउँदा अभिनेत्री मिरुना मगरले वर्कशप निकै फलदायी भएको सुनाइन् ।
फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहनेछ । साम्राज्ञी देश बाहिर भएकोले वर्कसपमा सहभागी हुन सकिनन् ।
१० गतेबाट छायांकन सुरु हुने फिल्म काभ्रेका विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्मलाई आलोक शुक्लाले छायांकन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण