घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु
आइतबार, ०५ चैत २०७९, १६ : ५७
आकारा । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद् ड्यानियल एडजाक्पाले बताए ।
उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताए ।
आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताए ।उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण