चैत १० बाट मण्डलामा ‘यौटा सपनाको अवसान’ मञ्चन
काठमाडौँ । एक्टर्स स्टुडियो र मण्डला थिएटरको सहकार्यमा नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन हुने भएको छ । अगामी चैत १० गतेदेखि सुरु हुने नाटकका निर्देशक अनुप बराल र निर्माता गोविन्द पराजुली हुन् । एक महिनासम्म चल्ने नाटकले खुसी र सुखको परिभाषालाई वहसमा ल्याउनेछ । ‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतिकले नेपालीमा अनुवाद गरेका हुन् ।
नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा ७ सयभन्दा ज्यादा पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको छ ।
नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहने छ । नाटकका लागि कलाकारहरु विगत एक महिनादेखि रिहर्सल गरिरहेका छन् । हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले कलाकार रिहर्सलमा जुटेको हो । निर्देशक बरालको तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ मञ्चन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण