देशको सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने उपराष्ट्रपति पुनको प्रतिबद्धता
काठमाडौँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । आफ्नो कार्यकाल टुंगिँदै गर्दा पुनले आफ्नो कार्यकाल सफल र सुखद बनाउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका हुन् । उनले आगामी दिनमा देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै पुनले दुई कार्यकाल गरी ७ वर्ष ५ महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नोसँग सौहार्द र सहयोगात्मक सम्बन्ध रहेको जिकिर गरेका छन् । संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमानदारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोसिस गरेको उनको जिकिर छ ।
उनले भनेका छन्, ‘मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउन समेत सहयोग गर्ने राजनीतिक दलहरूप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्ण सहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु । यस अवधिमा उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पादन गर्ने कर्मचारीहरू, निजी सचिवालयका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सञ्चार क्षेत्र, विभिन्न संघ संस्था र आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सहयोग र सद्भावका लागि हृदयदेखि धन्यवाद छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण