प्रधानमन्त्री भएको भोलिपल्टबाट प्रचण्डले इमान छोड्नुभयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएको भोलिपल्टबाट इमान छोडेको आरोप लगाएका छन् । सोमबार संसद भवन ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले प्रचण्ड प्रधानमन्त्री भएपछि दक्षिणपन्थतिर लागेको बताए ।
‘हाम्रो प्रयासमा वामपन्थीसहितको सरकार बनाउन चाह्यौं । हामीले सरकार बनायौं । प्रधानमन्त्री हुनुथियो प्रधानमन्त्री भएको भोलिपल्टबाट उहाँले इमान छोड्नुभयो । बेइमानी सुरु गर्नुभयो’ ओलीले भने, ‘उहाँ इमानमा रहन सक्नुभएन भनौं । उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो ।’ प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रियता कमजोर भएको ओलीले बताए ।
प्रचण्ड पार्टीभित्र जंगबहादुर भएको समेत ओलीले आरोप लगाए । ‘पार्टीका अरु नेताहरु अलमलमा वा दबाबमा हुुनुहुन्छ । भन्न हुँदैन । प्रधानमन्त्रीजीमा जंगबहादुर शैली छ । उहाँले जे बोल्यो त्यहीँ हुन्छ । उहाँले अरुलाई बोल्न दिनुहुन्न । विपक्षमा बोल्यो भने पत्तासाप हुन्छ । अरुसँग मिलेको आरोप लाग्छ’ ओलीले भने, ‘उहाँले एकता हुन दिनुहुन्न ।
एकता जफ्ती भयो भने तोड्ने उद्योगमा लाग्नुहुन्छ । तोडेर छाड्नुहुन्छ त्यो विगतमा देखिएको छ ।’ २०७४ सालको चुनावमा तालमेल गरेर एकता गरेपनि प्रचण्डले एकता तोडेको ओलीले बताए । त्यतिबेला वामपन्थीको सरकार बनाए पनि तत्काल ढालेर दक्षिणपन्थीहरुको सरकार बनाएको उनको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?