अमरेशको व्यङ्ग्य : बरु २४ जनालाई नै उपप्रधानमन्त्री बनाऔँ !
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले उपप्रधानमन्त्री बन्न नेताहरूको दौडधुप चलेको भन्दै बरु २४ सै जना मन्त्रीलाई उपप्रधानमन्त्री बनाउने व्यवस्था गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई समर्थन दिने जानकारी दिँदै उनले भने, ‘म प्रधानमन्त्रीसँग आग्रह गर्न चाहन्छु । कि तपाईँलाई राजनीतिक सुधारको आकांक्षा छ कि छैन ? मिडियामा पनि आइरहेको छ–जम्मा आठ जना उपप्रधानमन्त्रीका दाबेदार छन् ।’
उनले उपप्रधानमन्त्रीको झुन्ड बनाएर मात्रै राजनीतिक स्थिरता नहुने बताए । ६ महिनापछि पुन सरकार फेरिने स्मेल आएको भन्दै उनले भने, ‘के उपप्रधानमन्त्रीको झुन्ड भएर मात्र राजनीतिक स्थिरता हुने हो ? उपप्रधानमन्त्री किन चाहियो, इन्डियामा त एउटा पनि उपप्रधानमन्त्री छैन । के त्यहाँ स्थायित्व छैन ?’ उपप्रधानमन्त्रीको झुन्ड नबनाउन भन्दै उनले थपे, ‘बरु २४ जनालाई नै उपप्रधानमन्त्री बनाइदिऊ ।’ सिंहले भ्रष्टाचार मुलुकको समस्या भएको भन्दै यसलाई नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने बताए । दलीय भागवण्डाको नियुक्ति खारेज नगरेसम्म देश नसुध्रने भन्दै भ्रष्टाचार र लुटतन्त्रका कारण जनतामा निराशा छाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण