सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमरेशको व्यङ्ग्य : बरु २४ जनालाई नै उपप्रधानमन्त्री बनाऔँ !

सोमबार, ०६ चैत २०७९, १६ : ५०
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले उपप्रधानमन्त्री बन्न नेताहरूको दौडधुप चलेको भन्दै बरु २४ सै जना मन्त्रीलाई उपप्रधानमन्त्री बनाउने व्यवस्था गर्न माग गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई समर्थन दिने जानकारी दिँदै उनले भने, ‘म प्रधानमन्त्रीसँग आग्रह गर्न चाहन्छु । कि तपाईँलाई राजनीतिक सुधारको आकांक्षा छ कि छैन ? मिडियामा पनि आइरहेको छ–जम्मा आठ जना उपप्रधानमन्त्रीका दाबेदार छन् ।’

उनले उपप्रधानमन्त्रीको झुन्ड बनाएर मात्रै राजनीतिक स्थिरता नहुने बताए । ६ महिनापछि पुन सरकार फेरिने स्मेल आएको भन्दै उनले भने, ‘के उपप्रधानमन्त्रीको झुन्ड भएर मात्र राजनीतिक स्थिरता हुने हो ? उपप्रधानमन्त्री किन चाहियो, इन्डियामा त एउटा पनि उपप्रधानमन्त्री छैन । के त्यहाँ स्थायित्व छैन ?’ उपप्रधानमन्त्रीको झुन्ड नबनाउन भन्दै उनले थपे, ‘बरु २४ जनालाई नै उपप्रधानमन्त्री बनाइदिऊ ।’ सिंहले भ्रष्टाचार मुलुकको समस्या भएको भन्दै यसलाई नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने बताए । दलीय भागवण्डाको नियुक्ति खारेज नगरेसम्म देश नसुध्रने भन्दै भ्रष्टाचार र लुटतन्त्रका कारण जनतामा निराशा छाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप