केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : शक्तिबहादुर बस्नेत
सोमबार, ०६ चैत २०७९, १८ : ५९
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिन भित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।
उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सबै राजनीतिक दलहरू सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरूले नभनेकाले उनीहरू सबै सरकारमा सहभागी हुने उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सरकार र सत्तारुढ दलहरू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उपमहासचिव बस्नेतले केही दलहरूले रुचि नदेखाए पनि अधिकतम सहमति निर्माण गरेर सरकार अघि बढ्ने वातावरण बनेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण