आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : शक्तिबहादुर बस्नेत

सोमबार, ०६ चैत २०७९, १८ : ५९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिन भित्रै सरकारले पूर्णता पाउने बताएका छन् । 

उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सबै राजनीतिक दलहरू सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरूले नभनेकाले उनीहरू सबै सरकारमा सहभागी हुने उनको भनाई थियो । 

प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सरकार र सत्तारुढ दलहरू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

उपमहासचिव बस्नेतले केही दलहरूले रुचि नदेखाए पनि अधिकतम सहमति निर्माण गरेर सरकार अघि बढ्ने वातावरण बनेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप