उप–निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
मङ्गलबार, ०७ चैत २०७९, ०७ : ५८

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।
आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ ।
रिक्त तीन निर्वाचन क्षेत्रमा आयोगले बैशाख १० गते एकैसाथ उपनिर्वाचन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री
-
रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान
-
कुलमानको दाबीमा महालेखाको अब्जेक्सन : प्राधिकरणको नाफा यथार्थपरक छैन
-
अबको दिन हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड
-
महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस