ट्विटका लागि जेल पठाइएका अमेरिकी नागरिकलाई साउदी अरबले गर्यो रिहा
सरकारको आलोचना गर्दै ट्विट गरेको कारण एक वर्ष अघि जेल पठाइएका एक अमेरिकी नागरिकलाई साउदी अरबले रिहा गरेको छ ।
साउदी अरबका नागरिक ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई सन् २०२१ नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न रियाद पुग्दा पक्राउ गरिएको थियो ।
अमेरिकामा रहँदा गरेको ट्विटका कारण उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो ।
अमेरिका र साउदी प्रशासनले अल्मादीको रिहाइबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
अल्मादीका छोरा इब्राहिमले आफ्नो बुबा रियादको पारिवारिक निवासमा रहेको पुष्टि गरे, तर उनी फ्लोरिडामा आफ्नो घर कहिले फर्कनेछन् भन्ने स्पष्ट छैन ।
इब्राहिमले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘सबै मुद्दाहरू हटाइएको छ तर अब हामीले यात्रा प्रतिबन्धसँग लड्नु पर्छ ।’
अलमादीलाई साउदीको एक अदालतले राजतन्त्रलाई अस्थिर पार्ने प्रयास गरेको र आतङ्कवादलाई समर्थन गरेकोमा दोषी ठहर गरेको थियो । उनलाई १६ वर्षको यात्रा प्रतिबन्ध पनि लगाइएको थियो ।
गत वर्ष पहिलो पटक यस विषयमा सार्वजनिक रूपमा बोल्दै इब्राहिमले बीबीसीलाई उनका बुबा विरुद्ध अदालतमा भएको एक मात्र प्रमाण १४ वटा ट्विटलाई मानिएको बताएका थिए ।
उक्त ट्विटमा मक्का र जेद्दा सहरका पुराना भाग भत्काइएको, राजतन्त्रमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खग्गोशीको हत्याको आलोचना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण