मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटका लागि जेल पठाइएका अमेरिकी नागरिकलाई साउदी अरबले गर्‍यो रिहा

मङ्गलबार, ०७ चैत २०७९, १४ : ३१
मङ्गलबार, ०७ चैत २०७९

सरकारको आलोचना गर्दै ट्विट गरेको कारण एक वर्ष अघि जेल पठाइएका एक अमेरिकी नागरिकलाई साउदी अरबले रिहा गरेको छ । 

साउदी अरबका नागरिक ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई सन् २०२१ नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न रियाद पुग्दा पक्राउ गरिएको थियो ।

अमेरिकामा रहँदा गरेको ट्विटका कारण उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो ।

अमेरिका र साउदी प्रशासनले अल्मादीको रिहाइबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अल्मादीका छोरा इब्राहिमले आफ्नो बुबा रियादको पारिवारिक निवासमा रहेको पुष्टि गरे, तर उनी फ्लोरिडामा आफ्नो घर कहिले फर्कनेछन् भन्ने स्पष्ट छैन ।

इब्राहिमले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘सबै मुद्दाहरू हटाइएको छ तर अब हामीले यात्रा प्रतिबन्धसँग लड्नु पर्छ ।’

अलमादीलाई साउदीको एक अदालतले राजतन्त्रलाई अस्थिर पार्ने प्रयास गरेको र आतङ्कवादलाई समर्थन गरेकोमा दोषी ठहर गरेको थियो । उनलाई १६ वर्षको यात्रा प्रतिबन्ध पनि लगाइएको थियो ।

गत वर्ष पहिलो पटक यस विषयमा सार्वजनिक रूपमा बोल्दै इब्राहिमले बीबीसीलाई उनका बुबा विरुद्ध अदालतमा भएको एक मात्र प्रमाण १४ वटा ट्विटलाई मानिएको बताएका थिए । 

उक्त ट्विटमा मक्का र जेद्दा सहरका पुराना भाग भत्काइएको, राजतन्त्रमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खग्गोशीको हत्याको आलोचना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप