पार्टी नीति र नेतृत्वको कार्यकर्ताबाट बचाउ भएन : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नीति र नेतृत्वको नेता कार्यकर्ताबाट बचाउ नभएको गुनासो गरेका छन् ।
मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै उनले जनयुद्ध दिवस मनाउने र सहिद घोषणा भएपनि प्रचार नभएको टिप्पणी गरेका हुन् ।
'वैचारिक स्पष्टता नहुनु ठूलो चुनौती भयो । पार्टी बलियो बनाउनेभन्दा पनि गुट बलियो बनाउने भयो । पार्टी सामूहिकतामा चलेन । अब जनयुद्धको विरासतले मात्रै चल्दैन,' उनले भने, 'पार्टीलाई नयाँढंगले चलाउनु पर्छ । व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ ।'
केन्द्रीय प्रशिक्षक प्रशिक्षण ५ दिन सञ्चालन हुनु राम्रो भएको भन्दै उनले देशैभर प्रशिक्षण भएमा पार्टी रूपान्तरण हुने बताए । उनले नेपाली संस्कृत अनुसारको पार्टी बनाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण