मुकुन र मेनुको गणपति जेठमा
काठमाडौँ । सविन अधिकारी निर्देशित फिल्म ‘गणपति’ को आगामी वर्षको जेठ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलवार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति बाहिर ल्याएको हो ।
फिल्मको पोष्टरमा भगवान् गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको पुरुष पात्रलाई चित्रण गरिएको छ । पोष्टरमा फिल्मका मुख्य दुई कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान निकै गम्भीर मुद्रामा देखिएका छन् ।
मुकुन र मेनुकाको अलवा जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय फिल्ममा छ ।
निर्देशक अधिकारीले फिल्मले नेपाली समाजको वास्तविक रुपमा चरित्र चित्रण गर्ने बताए । ‘कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ । त्यसकै वरपर ‘गणपति’ को कथा घुमेको छ’ निर्देशक अधिकारीले भने ।
फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्ममा हरिबहादुर घलेको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण