शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश नीति आयोगका उपाध्यक्ष चालिसेले दिए राजीनामा

बुधबार, ०८ चैत २०७९, १४ : ०२
बुधबार, ०८ चैत २०७९

हेटौंडा । बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यकारी उपाध्यक्ष होमनाथ चालिसेले पदबाट राजीनामा दिएका छन् । उनले चालिसेले मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका हुन् । गत माघ २४ गते प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका चालिसेले ४४ दिनमा नै राजीनामा गरेका हुन् ।

बदलिँदो राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई काम गर्न सहज होस् भन्ने उद्देश्य अनुसार राजीनामा दिएको चालिसेले बताए । उनका अनुसार प्रदेश सरकारको नेतृत्व नै अस्थिर रहेकाले मुख्यमन्त्री जम्कट्टेललाई अघि बढ्नका लागि सहज हुनेगरी मार्ग प्रशस्त गरिदिएको हो ।

राजीनामाको कारणका विषयमा मुख्यमन्त्रीको सचिवालय र चालिसेको भनाई फरक परेको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार चालिसे व्यक्तिगत कारणले पदबाट राजीनामा दिएका हुन् ।

चालिसेलाई गत माघ २४ गते मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा नियुक्ति लिएका थिए । लुम्बिनी प्रदेशको बर्दियाका चालिसे जनसंख्या र बुढ्यौलीविद हुन् । हाल ललितपुर बस्दै आएका उनी त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउँछन् । अध्ययन र अनुसन्धानमा क्षेत्रमा

क्रियाशील चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप