शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप परेकाे छ : मुख्यसचिव बैरागी

बुधबार, ०८ चैत २०७९, १४ : १८
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको पनि बताए । उनले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै  वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताए ।

उनले भने, ‘अनौपचारिक क्षेत्रमा कार्यरत स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको कुनैपनि सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिएको परिप्रेक्ष्यमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउने नयाँ व्यवस्था गरेको छ । सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको छ । अहिले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र राष्ट्रिय बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको छ । वर्षैपच्छिे यसरी सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा भारी चाप पर्छ ।’

मुख्यसचिव बैरागीले सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई कम गर्दै लैजान सक्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताए । उनले राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनेसक्ने उल्लेख गरे । उनले तरलता व्यवस्थापन गर्न पनि कोषको महत्वपूर्ण भूमिका खुल्ने बताए । उनले अनौपचारिक क्षेत्रमा कार्यरत र स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिए भन्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउनु राम्रो भएको बताए ।

उनले भने, ‘सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई सामाजिक सुरक्षाको माध्यमबाट कम गर्दै लैजान सकियो भने भोलि नागरिकलाई अफ्ठ्यारो गर्दा कोषको माध्यमबाट समस्या सम्बोधन हुनसक्ने भएकाले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजानुपर्छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्नेछ । राष्ट्रिय पुँजीको प्रयोग सरकारले अन्य क्षेत्रमा प्रयोग गर्नसक्यौं भने पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुन्छ ।’ 

उनले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताए । बैरागीले भने, ‘तरलता व्यवस्थापन गर्नपनि कोषको महत्वपूर्ण भुमिका रहन्छ । सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी छ ।’ मुख्यसचिव बैरागीले सामाजिक सुरक्षा दायरा बढाउँदै सामाजिक संरक्षण दिगो र उत्पादनमुखी बनाउन सामाजिक सुरक्षा ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप