राहुल गान्धी सत्य बोल्दै बाँचेका छन्, सत्य नै बोलिरहन्छन् : प्रियंका गान्धी
कांग्रेस नेतृ प्रियंका गान्धीले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएकोमा सरकारले आफ्नो आवाज दबाउन खोजेको बताएकी छन् ।
प्रियंका गान्धीले ट्विटमा भनेकी छिन्, ‘डराएको सत्ताको पूरा मेसिनरी साम, दाम, दण्ड, भेद लगाएर राहुल गान्धीजीको आवाज दबाउने कोसिस भइरहेको छ ।’
उनले भनिन्, ‘मेरो दाइ न कहिल्यै डराएका छन्, न डराउनेछन् । सत्य बोलेर बाँचेका छन् र सत्य बोलिरहन्छन् । देशका मानिसको आवाज उठाइ रहनेछन् । सत्यको शक्ति र करोडौँ देशवासीको प्रेम उनीसँग छ ।’
सुरत सहरको तल्लो अदालतले उनलाई यस मामिलामा दुई वर्षको जेल सजाय सुनाएको छ । यद्यपि अदालतले राहुल गान्धीलाई धरौटीमा रिहा पनि गरेको छ । यस्तो अवस्थामा राहुल गान्धीसँग अपिल गर्न ३० दिनको समय छ ।
डरी हुई सत्ता की पूरी मशीनरी साम, दाम, दंड, भेद लगाकर @RahulGandhi जी की आवाज को दबाने की कोशिश कर रही है।
— Priyanka Gandhi Vadra (@priyankagandhi) March 23, 2023
मेरे भाई न कभी डरे हैं, न कभी डरेंगे। सच बोलते हुए जिये हैं, सच बोलते रहेंगे। देश के लोगों की आवाज उठाते रहेंगे।
सच्चाई की ताकत व करोड़ों देशवासियों का प्यार उनके साथ है।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण