शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धी सत्य बोल्दै बाँचेका छन्, सत्य नै बोलिरहन्छन् : प्रियंका गान्धी

बिहीबार, ०९ चैत २०७९, १६ : ००
बिहीबार, ०९ चैत २०७९

कांग्रेस नेतृ प्रियंका गान्धीले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएकोमा सरकारले आफ्नो आवाज दबाउन खोजेको बताएकी छन् । 

प्रियंका गान्धीले ट्विटमा भनेकी छिन्, ‘डराएको सत्ताको पूरा मेसिनरी साम, दाम, दण्ड, भेद लगाएर राहुल गान्धीजीको आवाज दबाउने कोसिस भइरहेको छ ।’

उनले भनिन्, ‘मेरो दाइ न कहिल्यै डराएका छन्, न डराउनेछन् । सत्य बोलेर बाँचेका छन् र सत्य बोलिरहन्छन् । देशका मानिसको आवाज उठाइ रहनेछन् ।  सत्यको शक्ति र करोडौँ देशवासीको प्रेम उनीसँग छ ।’

सुरत सहरको तल्लो अदालतले उनलाई यस मामिलामा दुई वर्षको जेल सजाय सुनाएको छ । यद्यपि अदालतले राहुल गान्धीलाई धरौटीमा रिहा पनि गरेको छ । यस्तो अवस्थामा राहुल गान्धीसँग अपिल गर्न ३० दिनको समय छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप