राजनीति
पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्छौँ : रास्वपा
विहीबार, ०९ चैत्र २०७९, २३ : ०२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेकँ सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका हुन् । सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने उनको भनाइ छ ।
‘हामी सरकारमा जाने/नजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं । पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ,’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘पुस १० गतेको सहमति बमोजिम (गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री) हुनुपर्ने छ । साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो ।’
बैठकमा भने प्रधानमन्त्री प्रचण्डबाट बोलावट नभएकाले सहभागी नभएको ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा
-
प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग गर्ने
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा