पाकिस्तानमा मनाइयो ८३ औँ गणतन्त्र दिवस
इस्लामावाद । पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ । पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै सन्देश जारी गर्दै पाकिस्तानका संस्थापकहरूको ‘अथक सङ्घर्ष’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामीका साथ पाकिस्तान दिवसको सुरुआत भएको थियो ।
पाकिस्तानका संस्थापक पिता मोहम्मद अली जिन्ना र लाहोरका राष्ट्रिय कवि मोहम्मद इकबालको समाधिस्थलमा पनि गार्ड परिवर्तन समारोह आयोजना गरिएको थियो । यसैबीच राष्ट्रपति भवनमा हुने भनिएको सैन्य परेड राजधानी इस्लामाबादमा भारी वर्षाका कारण स्थगित गरी शनिबारका लागि सारिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सङ्कल्प दिवसका अवसरमा देशभरका सबै प्रमुख सरकारी तथा निजी भवनमा राष्ट्रिय झण्डा फहराइएको थियो । पाकिस्तानको निर्माणमा लाहोर सङ्कल्पको महत्वको उजागर गर्न सहरहरूमा जुलुस प्रदर्शन र कार्यक्रमको आयोजना गरिएको थियो । बिहीबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति अल्वीले विभिन्न क्षेत्रमा रहेर देशका लागि उत्कृष्ट सेवा पु¥याएबापत उनीहरूलाई सम्मान, पुरस्कार तथा पदक प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण