आईजीपीसहित ९ उच्च प्रहरी अधिकृतको बिदाइ आज

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकृत शनिवारबाट अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । मध्यान्ह ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको ब्याचका ९ जना अवकाश हुँदैछन् । अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् ।
२०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि सेवा निवृत्त भएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा