गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेका छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको माओवादीका एक संसदले बताए । ‘सरकार र समर्थन दुवै फिर्ता लिने निर्णय भएको छ । तर, एकपटक कांग्रेससँग पनि छलफल गर्नुपर्ने भएकाले संयुक्त बैठकपछि मात्र निर्णय सार्वजनिक हुन्छ,’ ती संसदले भने ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका थिए । सोहीअनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । दुवैले आजै मुख्यन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिने तयारी छ । माओवादीले समर्थन फिर्ता लिएसँग गण्डकी सरकार अल्पमतमा परेको हो । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धर्मराएको थियो ।
आजै मुख्यमन्त्री खगराज अधिकारीलाई दुवै मन्त्रीले राजीनामा बुझाउने र समर्थन पनि फिर्ता लिने तयारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण