अफगानिस्तानसँग पाकिस्तान स्तब्ध
शनिबार, ११ चैत २०७९, ०८ : ३१
शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको छ । टी–२० मा अफगानिस्तानविरुद्ध पाकिस्तान पराजित भएको पहिलोपटक हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रनको झिनो स्कोर बनाएको थियो । पाकिस्तानलाई सस्तोमा रोक्न फजालहक फारुकी, मुजीब उर रहमान तथा मोहमद नाबीले २–२ विकेट लिए । पाकिस्तानका लागि इमाद वसिमले सर्वाधिक १८ रन बनाए भने सइम अयुबले १७ तथा तैयब ताहिरले १६ रनको योगदान दिए ।
पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । प्लेयर अफ द म्याच रहेका नाबीले ३८ बलमा ३८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । नजिबुल्लाह जादरानले १७ रन बनाउँदै नाबीलाई साथ दिए । दोस्रो खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण