नेपाल कमर्श क्याम्पसको निर्वाचन अनिश्चित
काठमाडौँ । नेपाल कमर्स क्याम्पस मीनभवनमा मतदानमा ढिलाइ भएको छ । आज हुन लागेको स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, अझै मतदान सुरु हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो । मतदानका लागि उपस्थित भएका विद्यार्थीहरूलाई गेट बाहिर राखिएको छ । अनेरास्ववियुले नेविसंघले मतपत्र च्यातेको आरोप लगाएको छ । सोही क्रममा मतदानको लागि लाईन लगाउन खोज्दा हुलहुज्जत समेत भएको छ ।

निर्वाचन समितिले निर्वाचन समितिका सदस्य सचिव लालबहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदानको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म मतदान हुन नसकेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार प्रविन गिरीले जानकारी दिए । यसअघिका निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेका थिए । उनी सम्पर्कविहीन बनेपछि निर्वाचन समितिले बस्नेतलाई निर्वाचन अधिकृत बनाएको थियो । र बिहान साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदानको समय तोकिएको थियो ।
हिजो सर्वपक्षीय छलफलबाट आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्णय गरिएको थियो। तर, मतदानका लागि विद्यार्थीहरू क्याम्पसमा पुगे पनि निर्वाचन अधिकृत नै सम्पर्कविहीन बनेका थिए । नेविसंघले सर्वपक्षीय स्ववियुको माग गर्दै तालाबन्दी गरेपछि चैत ५ गते निर्वाचन हुन सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण