द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्नुहुँदै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे ।
मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार राष्ट्रपति भण्डारीले आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे । नेपालको दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न सकिने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले मुलुकको वृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै द्विराष्ट्रिय उद्योग वाणिज्य संघका माध्यमले वैदेशिक लगानीमा सहजीकरण गर्न सकिने धारणा राखे।
यसअघि १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सरकारलाई मार्गनिर्देश हुने अपेक्षा राखिएको बताए । ‘सम्माननीय राष्ट्रपति ज्यूले अभिभावकीय भूमिकामा रहेर नेपाल सरकारलाई निजी क्षेत्रमैत्री नीति निर्माण तथा तिनको प्रभावकारी कार्यान्वयनमा मार्गनिर्देश गर्नुहुनेछ भन्ने हाम्रो दृढ विश्वास छ,’ श्रेष्ठले भने ।
कार्यक्रममा १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदमा अत्यधिक मतसहित निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण