बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको पन्जाबमा सित्तैमा दिइएको पिठो लिने क्रममा चार वृद्धको मृत्यु

आइतबार, १२ चैत २०७९, १० : ५४
आइतबार, १२ चैत २०७९

पाकिस्तानको पन्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिने कोसिसमा चार वृद्धको मृत्यु भएको छ जबकि कोही बेहोस भएका छन् । समाचार एजेन्सी पिटिआईले पन्जाब सरकारको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । 

उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबादल सहरमा यस्तो घटना भएको जानकारी दिए ।  सित्तैमा पिठो लिन मानिसको बाक्लो भिडभाड हुने र वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो भएको अधिकारीले बताए ।

‘मृतकमध्ये दुई जनाको भाग दौडका कारण र दुई जनाको घन्टौँ लाइनमा बसेर मृत्यु भएको हो,’ उनले भने । यस्तै, त्यहाँ जम्मा भएका मानिसलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।

खबरका अनुसार पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप