पाकिस्तानको पन्जाबमा सित्तैमा दिइएको पिठो लिने क्रममा चार वृद्धको मृत्यु
पाकिस्तानको पन्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिने कोसिसमा चार वृद्धको मृत्यु भएको छ जबकि कोही बेहोस भएका छन् । समाचार एजेन्सी पिटिआईले पन्जाब सरकारको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबादल सहरमा यस्तो घटना भएको जानकारी दिए । सित्तैमा पिठो लिन मानिसको बाक्लो भिडभाड हुने र वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो भएको अधिकारीले बताए ।
‘मृतकमध्ये दुई जनाको भाग दौडका कारण र दुई जनाको घन्टौँ लाइनमा बसेर मृत्यु भएको हो,’ उनले भने । यस्तै, त्यहाँ जम्मा भएका मानिसलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।
खबरका अनुसार पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण