सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद‍्मात्रै हो : नेता पन्त

आइतबार, १२ चैत २०७९, १५ : ४६
आइतबार, १२ चैत २०७९

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन् ।
 
 प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गरे ।
 
पूर्वमन्त्री पन्तले भने, “हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र  चल्नुपर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप