विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । बैंकले नेपालको विद्यालय शिक्षाको सुधारका लागि १२ करोड अमेरिकी डलर अर्थात् झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।
आइतबार मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले उक्त सहयोगको घोषणा गरे । अनुदान सहयोग घोषणा गर्दै फारिसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्त्वपूर्ण रहेको समेत बताए ।
नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न प्रदान गरिने यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।
यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने र सरकारको दृष्टिकोणलाई समेत सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ ।
यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयहरुको स्तरउन्नती गर्न, विद्यालयका कक्षा कोठा निर्माण गर्न तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुनेछ । साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने विश्व बैंकले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण