सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने

आइतबार, १२ चैत २०७९, १५ : ५५
आइतबार, १२ चैत २०७९

काठमाडौं । विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । बैंकले नेपालको विद्यालय शिक्षाको सुधारका लागि १२ करोड अमेरिकी डलर अर्थात् झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।

आइतबार मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले उक्त सहयोगको घोषणा गरे । अनुदान सहयोग घोषणा गर्दै फारिसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्त्वपूर्ण रहेको समेत बताए ।

नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न प्रदान गरिने यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ । 

यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने र सरकारको दृष्टिकोणलाई समेत सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ । 

यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयहरुको स्तरउन्नती गर्न, विद्यालयका कक्षा कोठा निर्माण गर्न तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुनेछ । साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने विश्व बैंकले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप