मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व लिनुपर्छः सांसद देवकोटा

आइतबार, १२ चैत २०७९, १६ : २६
आइतबार, १२ चैत २०७९

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्र्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् । आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको बताए । उनले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गरे । उनले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भएपनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए । 

उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछु । राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो हो, सरकारले नै गरोस् हेरोस् भन्दा सरकारले सुन्नुपर्छ । गम्भीर हुनुपर्छ ।’

सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए । उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भएको बताए । उनले उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप