सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व लिनुपर्छः सांसद देवकोटा
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्र्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् । आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको बताए । उनले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गरे । उनले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भएपनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछु । राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो हो, सरकारले नै गरोस् हेरोस् भन्दा सरकारले सुन्नुपर्छ । गम्भीर हुनुपर्छ ।’
सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए । उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भएको बताए । उनले उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण