१३ वर्षीया गरिमाले भनिन्- ‘आफ्नो न्यायका लागि काठमाडौँ आएकी हुँ’
काठमाडौँ । तिमी यहाँ किन आएको ? हाम्रो प्रश्नमा १३ वर्षीया गरिमा रायले स्फूर्तिका साथ भनिन्, ‘आफ्नो न्यायका लागि ।’ मधेसका मिटरब्याज पीडितहरू संघर्ष समिति बनाएर, १० दिनसम्म हिँडेर आज (आइतबार) काठमाडौंको मातातीर्थ आइपुगेका छन् । चैत २ गते यात्रा थालेका उनीहरू महोत्तरीको बर्दिबास हुँदै चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै आएका हुन् ।
उनीहरूको ब्यानर छ– तमसुक व्यवस्था खारेज गर । बर्दिवासदेखि हेटौँडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरुद्ध पीडितहरूको मार्च ।’ यस आन्दोलनमा आमासँगै हिँडेर १३ वर्षीया गरिमा पनि काठमाडौं आइपुगेकी हुन् । सिरहाको बेलाहा घर भएकी उनी अहिले ५ कक्षामा पढ्दै छन् । उनका बुवा रोजगारीको सिलसिलामा कतारमा छन् ।
_xESIH7OAqQ_l14RzBOPpY.jpg)
गरिमाका अनुसार, स्थानीय सुजाता शाहसँग उनकी आमाले दुई लाख रुपैयाँ सापटी लिएकी थिइन् । ‘त्यसमा ममीले ३५ लाख रुपैयाँ तिरिसक्नुभयो । हाम्रो ६ धुर जमिन पनि उनीहरूले लिइसकेका छन्,’ गरिमा भन्छिन्, ‘तैपनि पैसा माग्न छाडेका छैनन् । हाम्रो रुममा उनी चार जनाजति केटाहरू लिएर आउँथिन् र हामीलाई पैसा तिर्न अत्त्याउँथिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण