सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रस्तुत गरेको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभामुख घिमिरेले सो विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सो विधेयकको विपक्षमा नेमकिपा सांसद प्रेम सुवाल मात्र रहेका थिए । अब सो विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदहरूले ७२ घण्टाभित्र संसद्को विधायन शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरूले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण