इपानको टोलीले किन भेट्यो राप्रपाका अध्यक्षलाई ?
काठमाडौँ । निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) को टोलीले भेट गरेको छ । आज राप्रपा केन्द्रीय कार्यालयमा पुगेर टोलीले भेट गरेकझ हो । सो क्रममा इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले टोलीले विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गरेको बताइएको छ ।
अध्यक्ष लिङ्देन उर्जामन्त्री छँदा १५०० मेगावाटको विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएका थिए जुन विगत ४ वर्षदेखि रोकिएको थियो । विद्युत खरिद प्रक्रिया अवरुद्ध हुँदा लगानीकर्ता मर्कामा परिरहेका थिए । उर्जा उत्पादक संघका टोलीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो छोटो कार्यकालमा उर्जा क्षेत्रका समस्याको पहिचान गरि त्यसको गाँठो फुकाउन आफूले इमानदार प्रयास गरेको बताए ।
लामो समय विद्युत खरिद सम्झौता अवरुद्ध हुँदा लगानीकर्ता निराश भइरहेको अवस्थामा नीतिगत सुधार गर्न आफूले प्राथमिकताका साथ काम गरेको अध्यक्ष लिङ्देनले बताए ।
‘समय छोटो भयो, छोटो समयका बाबजुद पनि विद्युत खरिद सम्झौता अघि बढ्न सक्यो, जलाशययुक्त बढिगण्डकी, दुधकोशी, तमोर जस्ता ठूला आयोजनाको प्रक्रिया शुरु भयो, नेपालबाट उत्पादित बिजुली खरिद गर्न भारतसंग सम्झौता भयो’ लिङ्देनले भने ।
मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीको इच्छाशक्ति, दृढता, सुशासनप्रतिको प्रतिबद्धता र पारदर्शिता हुने हो भने कर्मचारीतन्त्रको सहयोग रहने आफ्नो अनुभव रहेको प्रतिनिधिमण्डललाई लिङ्देनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण