फोटोफिचर
मिटरब्याजी पीडितलाई खुलामञ्चमा महानगरको भोटेताल्चा, धर्मशालामा बस्न आग्रह
सोमबार, १३ चैत्र २०७९, १६ : ०७

काठमाडौँ । महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।
तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए । ‘खुलामञ्चमा बस्न सरकारको आदेश छैन, त्यसैले हामीले ताल्चा लगाएका हौ । उहाँहरूलाई बस्न गौशालाको धर्मशालामा बस्ने व्यवस्था गरेका छौ’, पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुवेदी र जोशीलाई अनुवाद पुरस्कार
-
अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
-
इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त
-
गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक
-
सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
-
काभ्रेका २ सहकारी संस्था मर्जर