शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मीरा : स्याडो अफ अ रेन्बो’ को शुभ मुहूर्त

सोमबार, १३ चैत २०७९, १७ : ४७
सोमबार, १३ चैत २०७९

काठमाडौँ । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ शुभ मुहूर्त गरिएको छ । सोमबार काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो ।

एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बन्न लागेको फिल्म अनिता पण्डितले निर्देशन गर्न लागेकी हुन् । लेखन समेत अनिताको रहेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ । 

आश्वि फिल्मसले निर्माण गर्न लागेको फिल्मका निर्माता शङ्कर कार्की हुन् । फिल्मले अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्ने निर्देशक अनिताले बताइन् । पेशाले आईटि इन्जिनियर रहेकी उनले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।

फिल्मको छायाङ्कन यसै साता सुरु हुनेछ । शिवपुरी, पाटन, रानीवन लगायतका स्थानहरूमा छायाङ्कन हुने फिल्ममा एलिश कार्कीको सङ्गीत रहनेछ । प्रकाश महरा टेक्निकल हेड रहेको फिल्मका प्रकाश हमाल प्रोडक्शन डिजाईनर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप