‘मीरा : स्याडो अफ अ रेन्बो’ को शुभ मुहूर्त
काठमाडौँ । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ शुभ मुहूर्त गरिएको छ । सोमबार काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो ।
एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बन्न लागेको फिल्म अनिता पण्डितले निर्देशन गर्न लागेकी हुन् । लेखन समेत अनिताको रहेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ ।
आश्वि फिल्मसले निर्माण गर्न लागेको फिल्मका निर्माता शङ्कर कार्की हुन् । फिल्मले अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्ने निर्देशक अनिताले बताइन् । पेशाले आईटि इन्जिनियर रहेकी उनले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।
फिल्मको छायाङ्कन यसै साता सुरु हुनेछ । शिवपुरी, पाटन, रानीवन लगायतका स्थानहरूमा छायाङ्कन हुने फिल्ममा एलिश कार्कीको सङ्गीत रहनेछ । प्रकाश महरा टेक्निकल हेड रहेको फिल्मका प्रकाश हमाल प्रोडक्शन डिजाईनर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण