ताप्लेजुङमा साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
मङ्गलबार, १४ चैत २०७९, ०९ : २५
ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो ।
सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण