साम्राज्ञी र दयाहाङको ‘नाङ्गो गाउँ’ को छायाङ्कन सुरु
काठमाडौँ । दयाहाङ राई र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन काभ्रेको बेथानचोक गाउँपालिकाबाट सुरु भएको हो । फिल्मका लागि पहिलो सट साम्राज्ञीले दिएकी थिइन् ।
३५ दिनको सेडुल सहित फिल्मको छायाङ्कन सुरु भएको निर्देशक दीपेन्द्रले बताए । फिल्ममा दयाहाङ र साम्राज्ञीको अलवा, मिरुना मगर, कार्म, शिशिर वाङ्देल, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।
मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई हिमाल शर्माले निर्माण गर्न लागेका हुन् । फिल्ममा आलोक शुक्लाको छायाङ्कन छ ।
निर्देशक लामाले निर्देशन गरेको फिल्म ‘२ नम्बरी’ यो बर्षको सफल फिल्ममा पर्छ । उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । ‘नाङ्गो गाउँ’को कथा सामाजिक विषयवस्तु बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण