सिर्सिया नदी प्रदूषण गर्ने ५ उद्योगलाई ३/३ लाख जरिवाना
पर्सा । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गरेको भन्दै ५ वटा उद्योगलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरले मोरियम लेदर उद्योग प्रा.लि., दुर्गा पुल्प एण्ड पेपर कम्पनि प्रा.लि, सिद्धि टेक्सटाईल प्रा.लि,अर्निका प्रोसेसिङ उद्योग प्रा.लि., ग्लोबल लेदर उद्योग प्रा.लि.लाई प्रति उद्योग ३ लाखको दरले ७ दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको हो ।
यसअघि सिर्सिया नदीको प्रदूषण नियन्त्रणको विषयमा वीरगञ्ज महानगर, जीतपुरसिमरा उपमहानगर, परवानीपुर गाउँपालिका, बारा,पर्साका स्थानीय प्रशासन तथा प्रहरी प्रमुख, वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू र सरोकारवाला निकायहरुबीच फागुन ३ गते बसेको बैठकले अनुगमन समिति समेत गठन गरेको छ ।
सो अनुगमन समितिले उद्योगबाट निस्किएको ठोस् फोहर र प्रदूषित पानी सिर्सिया नदीमा फाल्न रोक लगाउने निर्णय गरेको थियो । तर, अनुगमन समितिको सो निर्णय विपरीत उद्योगहरूले आफूखुसी प्रदूषित पानी र फोहर सिर्सिया नदीमा फ्याकेपछि वीरगञ्ज महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्न बनेको ऐन २०७७ को दफा ३७ अनुसार ५ वटा उद्योगलाई जरिवाना गर्ने निर्णय गरेको हो । महानगरले जरिवानाको रकम ७ दिनभित्र नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण