पन्तको गुनासो, ‘प्रधानमन्त्री रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरूमाथि प्रश्न उठेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्त्व नदिएको बताएका हुन् ।
उनले प्रधानमन्त्री स्वयं संसद् बैठकमा उपस्थित हुँदा पनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरूले पेस गरेको भन्दै त्यस प्रकारको कार्यशैलीको विरोध गरे । उनले भने, ‘यहाँ के देखियो भने प्रधानमन्त्री रमाउँदै, हल्लिँदै आउनुहुन्छ । उहाँलाई सत्ता पक्षको सचेतकहरूले हत्त न पत्त लुकाएर चेम्बरमा लैजानुपर्छ । किनभनेदेखि उहाँले प्रश्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ । अर्थात् विधेयक प्रस्तुत गर्न उहाँ आफ्नो नाम हटाउन लगाउनुहुन्छ । तर संसद्मा आउनुहुन्छ । भित्र पनि पस्नुहुन्छ । उहाँलाई लुकाउन लानुपर्छ हत्त न पत्त प्रतिपक्षले उठाउला भनेर । कुनै मन्त्रीको महत्त्वपूर्ण काम भनेको आफूले सञ्चालन गर्ने आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसद्मा पेस गर्ने भन्दा कुनै महत्त्वपूर्ण काम हुन्छ ? हुँदैन सभामुख महोदय यति महत्त्वपूर्ण कामलाई उहाँले छोडेर उहाँ कहाँ जानुभयो थाहा छैन ।’
उनले थपे, ‘तर यसले के देखिन्छ भने यो सरकारका मन्त्रीहरूले, यो सरकारका प्रधानमन्त्रीले संसद्लाई कति महत्त्व दिएका छन् ? संसद्को गरिमा बढाउन कति काम गरेका छन् र छैनन् भन्ने देखिन्छ । प्रधानमन्त्री माओवादी केन्द्रको हुनुहुन्छ । माओवादी केन्द्रको राजनीतिक दस्ताबेज पढ्दा कहीँ पनि उहाँहरूले संसदीय व्यवस्था स्वीकार्नुभएको छैन । त्यो नस्वीकारेकै कारणले यो संसद्को मर्यादा, गरिमा बढाउन उहाँहरूलाई चासो नभएको त होइन ? सरकारको अकर्मण्यताले, गतिहीनताले, सरकारको अदूरदर्शिताले, प्रधानमन्त्री र मन्त्रीहरूले संसद्लाई बेवास्ता गरेका कारणले संसद्माथि प्रश्न उठेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर