देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका छन् ।
आज राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
अध्यक्ष लिङ्देन देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताए । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।
अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या