राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
बिहीबार, १६ चैत २०७९, १३ : १०
ललित मोदीले कांग्रेस नेता राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा दायर गर्ने घोषणा गरेका छन् ।
आफ्नो ट्विटर अकाउन्टमा एकपछि अर्को ट्विट गर्दै उनले आफूलाई कुन आधारमा फरार भनियो भन्ने प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले देखेको छु कि टम, डिक र गान्धी परिवारसँग जोडिएका मानिसहरूले मलाई बारम्बार भगौडा भन्छन्... किन ? कसरी ? मलाई कहिले यो मामिलामा दोषी ठहर गरियो ।’
त्यसपछि उनले लेखे, ‘मैले बेलायती अदालतमा राहुल गान्धीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छु । मलाई विश्वास छ कि उनले बलियो प्रमाण पेस गर्नुपर्नेछ ।’
केही दिन अघि कांग्रेस नेतृ प्रियंका गान्धीले ललित मोदीमाथि ट्विट गर्दै आरोप लगाएकी थिइन् ।
राहुल गान्धीले पनि ललित मोदीको नाम लिएर भाजपामाथि धेरै पटक आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण